गाेरखा। गाेरखा नगरपालिका गाेरखाले आफ्ना नगर भित्रका नागरिकलाई सर्ब सुलभ रुपमा स्वास्थ्य सेबा दिने महान उद्श्यका साथ यहि जेठ १० गतेबाट लागू हुने गरि गाेरखा अस्पाताल संग नगरबासीलाई निशुल्क आधारभुत स्वास्थ्य सेबा प्रदान गर्ने उदेश्यले दुई पक्ष बीच सम्झाैता भएकाे छ ।
बिहिबार गाेरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना र गाेरखा अस्पताल ब्याबस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले नगरपालिकाले जारी गरेकाे आधारभुत स्वास्थ्य सेबा सञ्चालन कार्याबिधी अनुसार हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर गर्दै गाेरखा नगरपालिकाका मेयर कृष्ण रानाले गाेरखा अस्पताललाई नै पालिका स्तरिय अस्पतालकाे रुपमा प्रयाेग गर्दै नगरबासीलाई सर्बसुलभ सेबा दिन गाेरखा नगरपालिका लागि पर्ने बताए ।
उनले भने नगरबासीलाई ९८ प्रकारका ओैषाधी,१८ प्रकारका प्रयाेगशाला र १० प्रकारकाे अन्य थप सेबा गाेरखा अस्पतालबाट हुनेछ । यसकाे भरपुर सदुपयाेग गर्न नगरबासीलाई बिनम्र पुर्बक आग्रह गर्दछु भन्दै आधारभुत स्वास्थ्य सेबा पाउनु नगरबासीकाे माैलिक हक रहेकाे उनकाे भनाई छ ।
अस्पतालले खाेप सेबा,परियार नियाेजन सेबा,एकीकृत नबजात शिशु तथा बालराेग ब्याबस्थापन पाेषण सेबा,गर्भबती तथा सुत्केरी सेबा,सरुवा राेग नियन्त्रण कार्यक्रम,नसर्ने राेग तथा शारिरिक अपाङगा सम्बन्धी सेबा,सामान्य आक्समिक सेवा,आयुर्बेद्रिक स्वास्थ् सेबा प्रदान गर्न गाेरखा नगरपालिकाले सम्झाैता गरेकाे मेयर रानाले बताए ।
गाेरखा नगरपालिकामा बसाेबास गर्ने ब्यक्तिलाई स्वास्थ्य कार्ड प्रदान गर्ने र स्वास्थ्य कार्डकाे उपलब्ध नहुदाँ ब्यक्तिकाे परिचय खुल्ने सरकारी कागजपत्र नागरिकता जन्मदर्ता मतदाता परिचय पत्र सबारीचालक अनुमति पत्र बसाई सराई पत्रकाे आधारमा नगरबासीलाई सेबा दिने सम्झाैतामा उल्लेख छ ।
नगरबासीलाई अस्पताल भर्ना हुदा अस्पताल बस्दा टिकट काट्दा अस्पतालले नै ब्यहाेर्ने अस्पताल बिकास समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले बताए । अस्पताल आएका बिरामी रिफर भएर अन्त नजाउन भन्ने उदेश्यले याे कार्यक्रम गरिएकाे हाे । उनले भने सुत्केरी हुनु भन्दा एक हप्ता अघि आएकाे सुत्केरी कर्मचारी खटाई सेबा दिईने पनि उनले जानकारी गराए । अस्पातालले सेबा प्रबाहकाे लागि २ वना प्राबिधिक डेक्सटप कम्पुयटरफाेटाेकपि मेसिन कुर्ची -याक दराज लगाएतका सामानहरु सम्झाैतामा भनिएकाे छ । विभिन्न राेगहरुहरुलाई मध्ये नजर गर्दै निशुल्क ओैषाधी बितरण सुरक्षित मातृत्व आमा सुरक्षा नब शिशु उपहार कुष्ठ राेग एचआईभी एडस लगाएतका राेगहरुमा निशुल्क हुने सम्झाैतामा उल्लेख भएकाे गाेरखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए ।
गाेरखा नगरपालिकाका मेयर कृष्ण राना मगरकाे अध्यक्षतमा भएकाे कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियार,उपमेयर मसली माया थाेकर,प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल,गाेरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पुन,नगरपालिकाका सबै वडा अध्यक्षहरु उपस्थिति रहेकाे थियाे ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.