वायुसेवा निगमको पुनर्संरचनाका लागी पूर्वगर्भनर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति

वायुसेवा निगमको पुनर्संरचनाका लागी पूर्वगर्भनर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति

पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनेको हो । समितिमा ग्यालेक्सी टेलिभिजनका सीईओ टीकाराम राई, क्याप्टेन ओम गुरुङ, चार्टर्ड एकाउन्टेन्ट पियुष आनन्द र शाहार न्यौपाने छन् । अध्ययन समितिलाई दुई महिनाको समय दिइएको छ । जसमध्ये एक महिना बितिसकेको छ । अबको एक महिनामा समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाउनेछ ।

स्रोतका अनुसार अहिले नेपाल एयरलाइन्स घाटामा जानुको कारण, एयरलाइन्सलाई सुधार गर्न के के गर्न सकिन्छ, एयरलाइन्सको सम्पूर्ण पाटो चुस्त दुरुस्त कसरी पार्ने भन्ने सम्बन्धमा अध्ययन केन्द्रित छ ।

विशेष गरी एनएसीले जहाज मर्मतमा ढिलाइ गर्ने गरेको पाइएको छ । एनएसीको अहिले २ वटा ट्विनअटर जहाज छन् । जसमा एउटा ग्राउण्डेड छ । यस्तै ४ वटा वाइड बडी छन् । तिनीहरुले अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.