Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

बेनी नगरपालिका म्याग्दी खोलामा अवैद्य दोहन,प्रशासन मौन

loading views..
Nepal Telcome

मयाग्दी। म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं.५ चुत्रेनी बगुवाको सिमानामा पर्ने म्याग्दी खोलामा क्रसर संचालनले वरिपरिको जलाधार क्षेत्र तथा जनजीवनलाई असर पुराएको स्थानियहरूले बताएका छन।वर्षेनी बालुवा गिट्टी उत्खनले त्यस क्षेत्रको जमिनलाई कमजोर बनाएकोमा स्थानीयहरू चिन्तित छन।उक्त क्रसर सञ्चालित जमिन पौलस्त्य उच्च मा.वि भिरमुनीको स्वामित्वमा छ।

क्रसर बैध वा अवैध हो यस बारे पनि बारम्वार पश्न उठ्ने गरेको छ।यद्यपि त्यहा संचालित जिसी क्रसरका प्रमुख नारायण जिसीले स्थानीय अगुवाहरूको गुनासोलाई वारम्वारको व्यवस्था गरिरहेका छन।यहाँको जनगुनासो बारे बेनी नगरपालिका प्रमुख तथा वडा नं.५ प्रशासन कार्यलयको मौनता आफैमा रहस्यमय छ।यस बाट प्रष्ट हुन्छ,क्रसर संचालन राजनीति दलको आडमा भएको छ।स्वयम नारायण जि.सी नेकपा एमालेका कार्यकर्ता हुन।

स्थानिय युवा सविस चोखालले आफ्नो फेसबुक वालमा स्थानीय जनप्रतिनिधाई लक्षित गर्दै लेखेका छन,’सर्वोच्च अदालतले रोकेको विषयमा…विकासको मोडेल खोला दोहनले नहुने’,प्रश्न गरेका छन।

अर्का स्थानिय युवा दिनेश जंग कटुवाल फेसबुकमा स्टाटस लेख्दै,म्याग्दी जिल्लाका प्रशासन कार्यलयको जिम्मेवारी बारे प्रश्न गरेका छन।’…हिजो चुनावमा आर्थिक सहयोग गरेको आज नदी दोहन गर्न पाइयोस्,करोडौको ठेक्का पाइयोस् भनेर हो!’कटुवालले प्रश्न गरेका छन।

वाईसियल म्याग्दीका ईन्चार्ज एवम बेनी नगरपालिका माओवादी केन्द्रका युवा नेता नगेन्द्र के.सीले आफ्नो फेसबुक वालमा लेखेका छन्’यस दोहनले बर्खायाममा झन चिन्ता थपिने निश्चित छ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link