Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

केपी ओली महासय कति जना भ्रष्टाचारीलाई कार्वाही गर्नुभयाे ? – सांसद माझी

loading views..

काठमाण्डु। प्रतिनिधि सभा सदस्य उर्मिला माझी पाैडेलले भ्रष्टाचारीकाे मुख पनि नहेर्ने घाेषणा गरेका पुर्व प्रधानमन्त्री तथा एमाले नेता केपी ओलीले भ्रष्टचारीलाई कार्वाही नगरी संरक्षण गरेकाे बताएकी छिन् ।
संसदकाे मंगलबार बैठकमा सरकारकाे नीतिबारे धारणा राख्दै माओवादी केन्द्रकी सांसद माझीले भनिन् – `सम्माननीय सभामुख महोदय,
विगतमा भ्रष्टाचारीको मुख हेर्दिन भन्ने पुर्व प्रधानमन्त्रीले कति जना भ्रष्टाचारीलाई कार्वाही गर्नुभएको थियो, यति, ओम्नी, वाइड वडी, ७० करोड लगायतका काण्डमा सहभागि कसलाई कार्वाही गर्नुभएको थियो ?´
उनले सरकारले भ्रष्टाचारविरुद्ध शुरु गरेको क्रियात्मक अभियानले जनतामा आशाको संचार गराएको बताइन् । उनले सरकारलाई भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन सांसदहरूसँग आग्रह पनि गरिन् ।
उनले नीति कार्यक्रममा जनयुद्ध शव्द राखिनु स्वभाविक र विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप भएको बताउँदै जनयुद्धको कारण नै परिवर्तन सम्भव भएको दावी गरिन् ।
उनले भनिन् – नीति कार्यक्रमको प्रस्तावनामा जनयुद्ध शव्द राखीएको प्रति म धन्यवाद दिन चाहन्छु । जनयुद्ध जसले नेपालको आजको सम्पूर्ण परिवर्तनको लागि जग निर्माण गर्यो । सबै खालको जातीय, क्षेत्रीय, लिंगीय उत्पीडनको विरुद्ध जनमत निर्माण गर्यो, ती उत्पीडनको अन्त्य गर्यो । यदि जनयुद्ध नभएको भए के अहिलेको नेपाल सम्भव थियो ? के जनयुद्ध नभएको भए गणतन्त्रको सपना सम्भव थियो ? गणतन्त्र नआएको भए के यति धेरै महिलाहरुको उपस्थिति यो संसदमा सम्भव थियो ? इतिहासलाई हेरौं गणतन्त्र आउनुपुर्व कति जना महिलाहरु संसदमा हुनुहुन्थ्यो ? अहिले संंसद सहित सबै स्थानिय तह लगायत सबै निकायहरुमा महिलाको सहभागिता हेरौ र तुलना गरौं । म एउटा माझी समुदायको छोरी यो संसदमा आउनु त्यही जनयुद्धको कारण सम्भव भएको हो । ´

loading views..

arrow प्रतिक्रिया दिनुहोस्