Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले:सुदन किराँती

loading views..
Nepal Telcome
काठमाण्डु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले घुस नखाँदा र नखुवाउँदा आफ्नो विरोधी सलबलाएको टिप्पणी गरेका छन् ।

पशुपतिको अचल सम्पत्तिकोरूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाविक गर्न खोजिएको भन्दै प्रश्न उठिरहेको छ।

मन्त्री किरातीकै निर्देशनअनुसार हालसाविक गर्न खोजिएको भन्दै टिप्पणी हुन थालेपछि उनले घुस नखाँदा र नखुवाउँदा लाञ्छित गर्न खोजिएको बताएका हुन्। किराँतीले आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला, प्रमाणित गर म एक मिनेट बस्दिन । मन्त्रीजस्तो मान्छेले कसलाई घुस खुवाउनुपरेको हो र कसले घुस दिएका हुन् भन्ने विषय सार्वजनिक गर्न उनलाई चुनौती थपिएको छ ।’

केही दिन अघि लुम्बिनी विकास कोषका विषयमा मन्त्रालयका आन्तरिक विषय सार्वजनिक गरेर उनी यसै गरी विवादमा आएका थिए ।

आन्तरिक विषयलाई समाधान गर्नुको साटो कोषको अध्यक्षसमेत रहेका मन्त्री किराँतीले आन्तरिक आदेश र सर्कुलरलाई आफ्नो पदीय मर्यादा भुलेर सार्वजनिक गरेको भन्दै आलोचना गरिएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link