Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

चीन सांस्कृतिक केन्द्र नेपालको आयोजनामा पोखरामा फोटो प्रदर्शन

काठमाण्डु। चीन सांस्कृतिक केन्द्र नेपालको आयोजना तथा नेपाल चीन एकेडेमी सहजीकरणमा फोटो पर्दशन पोखरामा समपन्न भएको छ।

फोटो पर्दशन कार्यक्रममा चीन सांस्कृतिक केन्द्र प्रमुख स्यायो च्याङ्गले पोखराको अनुपम सुन्दरता बारे बताएउदै भनिन्,’फेवा ताल अझै पनि मनमोहक छ,माछापुछ्रे  चुचुरो अझै अग्लो छ,जस्ले यो प्रसिद्ध पर्यटनको शहरको रक्षा गरिरहेको छ।पोखराको पुरानो चहलपहल फेरि सुरु भएको छ,पसलहरु खुलेका र विदेशी पर्यटकको भीड लागेको देख्दा हामी खुसी छौं।’

उनले थप भनिन ‘तस्बिरहरूले समकालीन चिनियाँ शहरहरू तथा गाउँहरू, प्राकृतिक परिदृश्यहरू, सांस्कृतिक र ऐतिहासिक स्थलहरूका साथै  सामाजिक चाल-चलन तथा संस्कृतिको विकास देखाउँछन्। आशा छ कि दर्शकहरु लाई तस्वीरहरु को माध्यम बाट चीन को अधिक अवधारणात्मक ज्ञान हुनेछ।’

मनतब्य क्रममा स्याङ्ले चीन नेपालको सम्वन्ध बारे प्रष्ट बनाउदै भनिन,’नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको इतिहास लामो छ । हालैका वर्षहरूमा चीन र नेपालले “वन बेल्ट,वान रोड” पहलको रूपरेखा अन्तर्गत अझ घनिष्ट सहकार्य गरेका छन्। विमानस्थल, सडक, पुल, विद्यालय, अस्पताल, नेटवर्क कम्युनिकेसन जस्ता पूर्वाधार निर्माणको क्षेत्रमा सहकार्य अझै गहिरो हुँदै गइरहेको छ।’

फोटो पर्दशनमा पृथ्वीनारायण क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख मिन राज लम्सालले चीन नेपाल सम्वन्ध सदीयौ पुरानो अवगत गराउनु भएको थियो।लम्सालले शिक्षा क्षेत्रमा चीनले नेपाली विद्यार्थिलाई छात्रावृत्ती सहयोग गरिरहेको बारे धन्यवाद ज्ञापन गरेका थिए।त्यसैगरि पृथ्वीनारायण क्याम्पस उप प्रध्यापक अमृत खरेलले प्राचिन चीन देखी वर्तमान चीनको विकास र चीनले नेपाललाइ सहयोगको वर्णन गरेको थिए।

कार्यक्रम नेपाल चीन एकेडेमीका सल्लाकार एवम वरिष्ठ बामपन्थी नेता रामराज रेग्मीको अध्यक्षता भएको थियो।अध्यक्षताको क्रममा रेग्मीले नेपाल सधै एक चीन नीति पक्षमा रहेको प्रतिबद्धता बताए।

सो कार्यक्रममा स्वागत मन्तब्य त्रिदिप गुरूङ्गले गरेका थिए।
कार्यक्रमको संचालन विपिन आचार्य गरेका थिए। संचालनको क्रममा आचार्यले भने चीन नेपाल सम्वन्ध सधै उच्च,सधै मैत्रीपुर्ण भएको बताए।

विद्यार्थीहरूको खचाखच उपस्थिती भएको उक्त कार्यक्रममा एकेडीमा सदस्य शिव पौडेल,माओबादी क्रान्तीकारीका युवा नेता नारायण अधिकारी,दिनेश सुब्बा तथा विद्यार्थी नेता बसन्त भट्टचन,काशी पौडेल र सन्तोष न्यौपानेको उपस्थीति रहेको थियो।

 

arrow प्रतिक्रिया दिनुहोस्