पोखरा। बहुप्रतिभाशाली गायक ,कलाकार तथा पत्रकार सज्जन कुुमार सिंहको नयाँ गित पोखरामा सार्वजनिक भएको छ । पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको गितको मुल थेगो यहि हो । पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भाव प्रति यहाँका केही महिलाले विरोध जनाएका छन् । टिकटक र सामाजिक सञ्जालमा गितको विरोध सुरु भएको हो ।
टिकटकमा पोेखराका अधििकांस महिलाले गितले पोखरेली महिलालाई गलत ढंगले प्रस्तुत गरेका प्रतिक्रिया दिएका छन् ।
पोखराको मौसम र प्रेमलाई बिषयवस्तु बनाएर तयार पारिएको गितको शब्द,संगित सज्जनको छ । गितमा सज्जन र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गित विनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।
गितको भिडियोलाई इश्वर बाबुले निर्देशन,सम्पादन गरेका हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा गायक सज्जन,जुना गुरुङ र सरिता धानकोटीको अभिनय देख्न सकिन्छ । भिडियोमा पोखराको फेवाताल र यहाँका ऐतिहासिक प्राकृतिक ठाउँ समावेश गरिएको छ ।