पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने सफल भारत भ्रमण सकेर आज अपराह्न ४:२० स्वदेश फर्किँदै छन्। यसै साता (बुधबार) भारत भ्रमण गएका प्रधानमन्त्री प्रचण्ड विभिन्न महत्त्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड अहिले भारतको मध्य प्रदेशको इन्दौर शहरमा अबस्थित विशेष आर्थिक क्षेत्रको भ्रमण सरिक हुँदै छन्। आजै प्रधानमन्त्री प्रचण्ड दिल्दी फर्किंदै छन् । त्यसो त दिल्लीबाट आज अपराह्न नै आफ्नो अौपचारिक भारत भ्रमण सकाएर नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.