Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

प्रधानमन्त्रीको भारत भ्रमणबाट निजी क्षेत्र उत्साहित

loading views..
Nepal Telcome

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौताबाट निजी क्षेत्र उत्साहित भएका छन्।नेपाल उद्योग वाणिज्य महासङ्घका कोषाध्यक्ष निरक केसी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्य र होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले दुई देशबिच आर्थिक विकासको नयाँ आधार तयार भएको बताए।उनीहरूले ऊर्जा व्यापार सम्झौता, पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना, रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्ने, पेट्रोलियम पाइपलाइन विस्तारसहित नेपालको बृहत्तर हितमा दुई देशबिच सम्झौता भएको बताए।महासङ्घका कोषाध्यक्ष केसी र इप्पानका अध्यक्ष आचार्यले नेपालसँग भारतले १० वर्षमा १० हजार मेघावाट विद्युत् खरिद गर्ने सम्झौता नेपालका लागि दूरगामी महत्वको रहेको बताए। महासङ्घका कोषाध्यक्ष केसीले भने, “पेट्रोलियम ढुवानीमा विद्यमान समस्या समाधान गर्ने गरी सिलिगुडी–झापा, अमलेखगन्जदेखि चितवनसम्म पाइपलाइन बनाउने जस्ता सम्झौता हुनु नेपालको दीर्घकालीन हितमै छ। ऊर्जा तथा जलविद्युत् विकास, व्यापार, एकीकृत जाँच चौकी निर्माण, डिजिटल पेमेन्टलगायतका विषयले दुई देशको सहकार्यमा नयाँ उत्साह भरेको छ।”

इप्पानका अध्यक्ष आचार्यले ऊर्जाको व्यापारका लागि दुई देशबिच भएको सम्झौता दीर्घकालीन रूपमै महìवपूर्ण रहेको बताए। उनले विद्युत् आयोजनाहरू निर्माण तीव्र रूपमा भइरहँदा यस्तो व्यापार विस्तार सम्झौता भएपछि निर्यातको बाटो खुलेको बताए।होटल सङ्घका अध्यक्ष शाहले नेपालका जल यातायातले भारतीय जलमार्ग प्रयोग गर्न पाउने सम्झौता महत्वपूर्ण रहेको बताए। उनले भने, “हामीले पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर हेर्नुपर्छ। दुई देशका प्रधानमन्त्रीबिच भएका सम्झौताले पर्यटन क्षेत्रलाई पनि उत्साहित बनाउन सक्नुपर्छ। व्यापारसँगै पर्यटनसँग जोडिएका यी विषयले केही केही सम्भावनाको ढोका खोलेको छ।” गोरखापत्र दैनिकमा यो समचार छापिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link