गोरखा। गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर ८ बर्षिय बालकको मृत्यु भएको छ ।गाेरखाकाे धार्चे गाउँपालिका–५ सिङ्लाका आठ बर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।करिब पाँचबजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएका थिए । पोखरीमा डुबेर उत्रन नसकेपछि साथीहरुले हारगुहार गरेका थिए ।स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।मृतक गुरुङ गोरखा नगरपालिका–६ डाँडगाँउ स्थित मामाको घरमा बस्दै आएका थिए ।