Skip to content
Pokharapress Logo
२६ बैशाख २०८३, शनिबार

गाेरखा नगरपालिका भित्रका बिद्यालयहरुमा अस्वभाबिक गर्मीका कारण गर्मी बिदा दिने निर्णय

loading views..
Nepal Telcome

गोरखा । अध्याधिक गर्मी बढदै गए पछि गोरखा नगरपालिकाले नगरक्षेत्र भित्रका सवै बिधालयहरुमा बिद्यालय ब्याबस्थापन समितिकाे निर्णय अनुसार गर्मि बिदा दिन सक्ने नगर शिक्षा समितिले निर्णय गरेकाे छ । बिद्यालय पठनपाठनमा असहज महसुस गरि नगर भित्रका सबै बिद्यालयहरुले स्कुल बन्द गर्ने सक्ने शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काले जानकारी दिए ।

‘केही दिन यता गर्मी बढेसंगै बालबालिकाहरुको स्वास्थ्यमा समेत असर पर्न सक्ने भन्दै बिद्यालय ब्याबस्थापन समितलाई जिम्मा दिएर स्कुल बन्द गर्न सक्ने गाेरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए । ‘अहिले दिइएको विदालाई आउदो बर्खे विदाबाट कट्टी गर्ने गरी विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार कति दिन विदा गरिएको हो भन्ने निर्णय प्रतिलिपि सहित शिक्षा शाखामा जानकारी दिई विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।’

गर्मी कम नभए निर्णय गरेर बिदा थप लम्ब्याउन सकिने नगरप्रमुख राना मगरको भनाई छ । ‘विद्यालयका भवन समेत तातेर दिउँसोको समयमा बालबालिकाहरु कक्षा कोठा भित्र पनि बस्नै नसक्ने अबस्था छ, उनले भने ‘यस्तो अवस्थामा विद्यालय बन्द गर्नु नै उचित हुने देखेर केहीदिनका लागि पठनपाठन रोकिएको हो ।’

गोरखा क्षेत्रमा पछिल्लो समय ३९ डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको नगरप्रमुख राना मगरले बताए । ‘हिजो आज तापक्रम घट्नु भन्दा झनझन बढ्दै गएको छ, उनले भने

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link