Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

दलित मोर्चा बैठकले गण्डकीमा इन्चार्जमा भिम बिक र गोरखा इन्चार्जमा गोपाल बिक

काठमाण्डु। नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक जेठ २७ गते सम्पन्न भएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष दलजीत बि.क. श्रीपालीको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का महासचिव देबप्रसाद गुरङले आन्दोलनको आजको भूमिका र राष्ट्रिय राजनीतिको बारेमा प्रकाश पारेका थिए ।

मोर्चाको बैठकले ७ प्रदेश, विभिन्न बिभागहरु र ७७ वटै जिल्लामा इन्चार्ज तोकेको छ । संघसंस्था समन्वय विभागको प्रमुखमा मोर्चाको केन्द्रीय उपाध्यक्ष टेक बहादुर बि. क. र गण्डकी प्रदेशको इन्चार्जमा मोर्चाको केन्द्रीय उपमहासचिव भिम बहादुर बि क क्षितिजलाई चयन गरेको छ । जिल्ला इन्चार्जहरुमा गोपाल बि.क. (गोरखा) , डम्बर परियार (कास्की ), लाल बहादुर परियार (बागलुङ), गौरी सेन्चुरी (म्याग्दी), धिरेन्द्र बि क ( मुस्ताङ ) , नेत्र सुनार (नवलपूर) , डिल बहादुर नेपाली (तनहुँ ), भिम नेपाली (पर्वत) , पहलसिंह बि.क. (स्याङ्जा ) , सुक बहादुर परियार (मनाङ) चयन भएका छन् ।
बैठकमा मोर्चाका केन्द्रीय फ्याक्सन इन्चार्ज परशुराम रम्तेल , सहइन्चार्ज तेज बहादुर मिजार लगायतले सम्बोधन गरेका थिए भने बैठकको सञ्चालन मोर्चाका महासचिव शंकर दुलालले गरेेका थिए।

arrow प्रतिक्रिया दिनुहोस्