Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

ईन्जीनियर अध्ययन संस्थान पोखरामा अखिल(क्रान्तिकारी) मुल इकाईको सम्मेलन सम्पन्न

loading views..
Nepal Telcome

पोखरा। ईन्जीनियर अध्ययन संस्थान पोखरा लामाचौरमा अखिल(क्रान्तिकारी) मुल इकाई समितीको ३१ औ सम्मेलन सम्पन्न भएको छ।सम्मेलनमा मुख्य अतिथिको रूपमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सचिव जगनाथ खनाल’दिनेश’ले सम्बोधन गरेका थिए।सम्बोधनका क्रममा खनालले भने,दिनानुदिन विद्यार्थी विदेश पलायन हुनु बिडम्वना हो।’ खनालले थप भने,अव प्राविधिक क्षेत्रका विद्यार्थीहरूले नेपाल बनाऊने योजना बनाउन आवश्यक छ।माओवादीले जनुयुद्धबाट लडेर ल्याएको गणतन्त्रात्मक संसद भवनमा ब्यवस्था बिरोधीलाई रोईलो नगर्न खनालले  चेतावनी दिए।

माओवादी कास्कीका विद्यार्थी फ्याक्सन ईन्चार्ज विनय थापाले भने ‘सचेत र जिज्ञासु विद्यार्थी संगठनको रूपमा अखिल क्रान्तिकारी रहेको छ’।साथै,’अव काम गर्ने बेला आएको छ,वर्तमान सरकार जनताका काम तर्फ दृढतापुर्वक उन्मुख छ’,थापाले बताए।

अखिल(क्रान्तिकारी)गण्डकी प्रदेश ईन्चार्ज नारायण बडालले विद्यार्थिहरूको हक,हितमा सधैसँगै रहेको बताए।अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलले क्रान्तिकारी संगठन प्राविधिक मैत्रीको संज्ञा दिएका थिए।माओवादी केन्द्र महानगर सदस्य सविन जिसीले छोटो मन्तब्य राखेका थिए।सम्मेलनमा सहभागी विद्यार्थी तर्फबाट क्याम्पस प्रवेशदेखि अध्ययनकाल सम्मको अनुभव सुरेश शाहीले बताएका थिए।

सम्मेलनमा माओबादीका युवा नेता विपिन आचार्य, बिद्यार्थी नेताहरू शुसान्त ताम्रकार,त्रिदिप गुरूङ,सन्जय जैशी,युवा साहित्यकार रामजी प्रसाद आचार्य,शरण विक,सचिन सुबेदी र मधुसुदन पाण्डे लगायतको उपस्थीति थियो।

सम्मेलनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

सम्मेलनको अध्यक्षता बबी धामीले गरेका थिए भने संचाञ्लन बासु देव पौडेल गरेका थिए।कार्यक्रममा स्वागत मन्तब्य नविन गैह्रेले गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link