Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

बामदेव नेकपा(ओली) पार्टीमा निशर्त फर्किए

loading views..
Nepal Telcome

पोखरा।  नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पूरानो पार्टी एमालेमै फर्किएका छन् । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि उनी एमालेमा फर्किन राजी भएको एमाले नेताहरुले दाबी गरेका छन् ।

उनले आफू काम गर्न र खटिनको लागि एमालेमा आउन लागेको बताएका थिए । अध्यक्ष ओलीले पनि एमालेमा स्वागत रहेको भन्दै सक्रियतापूर्वक पार्टीको काममा लाग्न आग्रह गरेका छन् । सो क्रममा उनले अब पार्टीलाई बलियो बनाउन र ०८४ को निर्वाचनमा ६० लाख भोट कटाउनेगरि काम गर्ने बताएका थिए ।

नेकपा विभाजनपछि एकताको लागि अभियान चलाएर आएका गौतम पछिल्लो समय निश्क्रिय थिए । उता, भोलि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भोलि नै समाजवादी मोर्चा घोषणा गर्दैछन् । नेता गौतमलाई पनि उक्त मोर्चामा सहभागी हुन आग्रह गरिएको थियो । त्यसकै पूर्वसन्ध्यामा गौतमले ओलीसँग भेट गरेका हुन् ।

एमालेमा फर्किन लागेका वामदेवले आफ्नो अभियानमा सहभागी भएकाहरुको व्यवस्थापनको कुरा उठाएका थिए । स्वयम गौतमको एमालेमा कसरी व्यवस्थापन हुन्छ ? भन्ने कुरा खुलाइएको छैन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link