निर्वाचनको गतिबिधि बन्द गर्न प्रचण्ड -माधब समुह निर्वाचन आयोगमा

निर्वाचनको गतिबिधि बन्द गर्न प्रचण्ड -माधब समुह निर्वाचन आयोगमा

  • सोमबार, पौस २७ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले निर्वाचनसम्बन्धी सवै कार्यक्रमलाई रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।  सोमबार सो पक्षका शिर्ष नेताहरु आयोग पुगेर संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले तत्काल निर्वाचन सम्बन्धी गतिविधि रोक्न आयोगको ध्यानाकर्षण गराएको हो ।   अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन सम्बन्धी गतिविधि गर्दा मुद्दा प्रभावित हुने भन्दै आफूहरुले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको नेता लिलामणि पोखरेलले जानकारी दिए ।  निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने, स्थायी मतदान केन्द्रमा तयारी गर्ने लगाएतका काम गरिरहेको भन्दै आफुहले सवै प्रकारका निर्वाचन केन्द्रित कार्य रोक्न ध्यानाकर्षण गराएको उनले बताए ।  नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेताहरु लिलामणि पोखरेल, रामनारायण बिँडारी, कृष्णभक्त पोखरेल, राजेन्द्र पाण्डेसहितको टोली सोमबार निर्वाचन आयोग पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.