Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

पत्रकार महासंघ गोरखा शाखामा प्रेस सेन्टर गाेखाले लगायाे ताला

गोरखा। नेपाल पत्रकार महासंघ गोरखा शाखाले महासंघको केन्द्रीय मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारीस बिरोधमा शाखा कार्यालयमा तालबन्दी गरेको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाले मंगलबार शुद्धीकरणको बाहानामा महासंघ नेतृत्वले कार्यसमितिको बैठकलाई छलेर मिति २०८०/०३/४ गते पदाधिकारीको बैठक बसी शाखालाई कुनै अमुक राजनीतिक दलको भातृसंगठनको रुपमा स्थापित गर्ने रणनीतिका साथ सदस्यता शुद्धीकरणको मापदण्ड विपरीत हुने गरी क्रियाशिल पत्रकारहरुको नै सदस्यता नवीकरण नगर्ने भनि गरिएको निर्णय घोर निन्दा प्रकट गरेको छ । प्रेस सेन्टरले महासंघलाई गलत निर्णय तत्काल सच्याउन जोडदार माग समेत गरेको छ ।

‘इतिहासका हरेक मोर्चामा अविचलित ढंगबाट नेपाली जनताको वाकस्वतन्त्रताको पक्षमा निरन्तर कलम चलाउदै आइरहेको हाम्रो संगठन पत्रकारिता क्षेत्रका समग्र विकृती, विसंङ्गति र बेथितीहरुको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा दृढ संकल्पका साथ उभिदै आएको पनि सर्वविदितै छ, प्रेस सेन्टरले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘यस सन्र्दभमा नेपाल पत्रकार महासंघले गरेको सदस्यता शुद्धीकरण अभियानमा हाम्रो गौरवशाली संगठनको नेतृत्वदायी पहलकदमीलाई नत कसैले नर्कान सक्छ न त नजरअन्दाज नै गर्नसक्छ ।’महासंघ केन्द्रको सदस्यता शुद्धीकरणको मापदण्ड विपरीत हुनेगरी महासंघको जिल्ला नेतृत्वले ल्याएको शुद्धीकरण प्रस्ताव अत्यन्त गैह्रजिम्मेवार, अव्यवहारिक, अविवेकपूर्ण र भस्मासुर प्रवृत्तिको भएको प्रेस सेन्टरले ठहर गरेको छ । ‘निष्कृय साथीहरू शुद्धीकरणमा पर्नु एक ढंगले स्वाभाविक हो । शुद्धीकरण पर्नुभएका साथीहरुले पनि अन्यायमा परेको महशुस गरेको खण्डमा पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिमा आफ्नो दाबी सहितको उजुरी पेश गर्ने बाटो खुला त छदै छ बिज्ञप्तिमा भनिएको छ, ‘तर, शुद्धीकरण मापदण्ड विपरीत हुनेगरी पत्रकारितामा क्रियाशील रहनुभएका पत्रकारहरुको नै नवीकरण गर्न हुँदैन भनि महासंघ गोरखाको नेतृत्वले निर्णय गर्नु लाजमर्दो र षडयन्त्रमूलक हर्कत हो ।’

महासंघ गोरखाको प्रस्तावले पत्रकार महासंघको ओज घट्ने, पत्रकार महासंघको गरिमा हराउने र पत्रकारिता क्षेत्रमा निरन्तरत क्रियाशिल भई काम गर्दै आएका साथीहरू प्रति घोर अन्याय भएको महसुस प्रेस सेन्टरले जनाएको छ । साथै महासंघ गोरखा शाखाले कैफियत राखेर पत्रकारितामा सकृय रहनुभएका तर नवीकरण नगर्ने लिष्टमा समावेश सम्पूर्ण क्रियाशिल पत्रकार साथीहरूका सन्दर्भमा थप छानविन गरी सदस्यता नवीकरणका लागि नेपाल पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिसंग संगठन जोडदार माग गरेको छ । महासंघ गोरखाको नेतृत्व जबर्जस्ती अघि बढ्न खोजे संगठन गम्भीर कदम चाल्न बाध्य हुने व्यहोरा सहितको चेतावनी दिएकाे छ ।

arrow प्रतिक्रिया दिनुहोस्