Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

दशै र तिहारकाे बीचमा मेला महाेत्सब नगर्न फेन्सी व्यबसायीको माग

loading views..
Nepal Telcome

गाेरखा। गाेरखा सदरमुकाममा रहेका फेन्सी ब्याबशायीहरुले गाेरखा सदरमुकाममा दशै र तिहारकाे बीचमा मेला महाेत्सब नगर्न माग गरेकाे छ ।

बिहिबार फेन्सी ब्याबशायीले गाेरखा नगरपालिका मेयर कृष्ण रानालाई पत्र बुझाउदै आर्थिक मन्दीले थिलाे थिलाे परेकाे बेलामा महाेत्सब गरेर फेन्सी ब्याबशायीलाई मर्कामा पार्ने काम जाे काेहिबाट गर्न नहुने फेन्सी ब्याबशायी संघ गाेरखाका अध्यक्ष सुबास मल्ले जानकारी दिए ।उनका अनुसार अहिले गाेरखाका धेरै फेन्सी बयाबशायीहरु दिन दिनै पलाएन भईरहने अबस्थमा रहेकाले अलि अलि ब्यापार हुने बेलामा गाेरखाकाे पुजि बाहिर जानबाट राेक्न पनि मेला महाेत्सब गर्नु बेठिक रहेकाे मल्लकाे भनाई छ ।

आर्थिक मन्दीका कारण व्यबसायमा वयबसायीले घर भाडा र नगरपालिकालाई कर समेत तिर्न कठिनाई भएकाे बेलामा यस्ताे मेला राेक्दिन नगर प्रमुख कृष्ण रानालाई पत्र बुझाएकाे फेन्सी व्यबसायीले जनाएका छन् ।

गाेनपा ६ गाेनपा ७ गाेनपा ८ र जिल्ला प्रशाससन कार्यालयले बाेधार्थ दिएका छाै यदि माग सम्बाेधन नभए चणबद्व आन्दाेलन गरिने फेन्सी ब्याबशायी रिक्त बहादुर बाँनियाले जानकारी दिए ।

फेन्सी ब्याबशायीकाे पत्र बुझ्दै नगर प्रमुख रानाले दुबै पक्षलाई राखेर समस्याकाे समधान गरिने पनि बिश्बास ब्यक्त गरे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link