Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

गोरखा जिप दुर्घटनामा मृत्यु भएका ४ जना महिला १ जना पुरुष सहित ५ जनाको सनाखत

loading views..
Nepal Telcome

गोरखा। गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् ।जिल्ला प्रहरी कार्यालय गाेरखाका डिएसपी लिलाराज लामिछानेका अनुसार शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापाको दुर्घटनामा मृत्यु भएको छ । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ ।शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका तीनवटा गाडीहरुमध्ये प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप पातलेखोला भन्ने स्थानमा आज बिहान करिब २ बजेतिर दुर्घटना भएको थियो । उक्त जिप घुम्ती सडकबाट अन्दाजी २५० मिटर तल भीरमा खसेको छ ।

जिपमा १९ जना सवार थिए । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना सकुशल छन् । गम्भीर घाइते शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्य ११ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मनकामनाबाट प्रहरी नायब निरीक्षक जीवलाल सुवेदीको कमाण्डमा ६ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डिएसपी)लिलाराज लामिछानेको कमाण्डमा २० जनाको टोली उद्धारका लागि परिचालित भएको थियो । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले पनि सघाएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link