प्रचण्ड माधव पोखरा आउॅंदै

प्रचण्ड माधव पोखरा आउॅंदै

  • मंगलबार, पौस २८ २०७७

पोखरा। नेकपा प्रचण्ड–माधव पक्षका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल आज पोखरा आउने भएका छन् । प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल आज पोखरा आउन लागेका हुन् ।

अध्यक्षद्वयसहित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सो भेलामा सामेल हुने छन् । बिहान ८ बजे अध्यक्षद्वय पोखरा आइपुग्ने कार्यक्रम रहेको छ । पोखरा ११ शितलादेविस्थित एक पार्टी प्यालेसमा ११ बजेदेखि कार्यक्रम सुरु हुने समयतालिका रहेको पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.