पोखरा। ललिता निवासको जग्गा प्रकरणमा ५ पूर्व सचिवहरूविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
ललिता निवासको जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्वसचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो ।
स्रोतका अनुसार सचिवबाट अवकाश भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त र प्रमुख आयुक्त भएका बस्न्यात आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि आफ्नो सुरक्षामा खटिएका अंगरक्षक नै फिर्ता गरेर सम्पर्कविहीन भएका छन् ।
अरु आरोपितको छानबिन भइरहेको प्रहरीले जनाएको छ । बस्न्यात भौतिक योजना तथा निर्माणसहित विभिन्न मन्नत्रालयको सचिव भएका थिए । उनी भूमिसुधार सचिव भएको बेलामा सरकारी जग्गा व्यक्तिलाई दिलाउने गरी फाइल उठाएर मन्त्रिपरिषद्मा पेस गरेको आरोप छ ।
सिआइबीका एक अनुसन्धान अधिकृतले पक्राउ पूर्जी जारी भएका पूर्वसचिवाहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।