गाेरखा। गाेरखा नगरपालिकाका मेयर कृष्णवबहादुर रानामगर राष्ट्रिय निर्देशन समितिकाे सदस्यमा मनाेनित हुनु भएकाे छ ।
मेयर रानालाई यहीँ असार ७ गते मन्त्री स्तरीय निर्णय अनुसार मनाेनित गरिएकाे हाे । याे समितमा देश भरिका ७५३ वटा पालिकाबाट जम्मा ८ जना मनाेनित हुने गरेका छन् ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत प्रदेश तथा स्थानीय शासन प्रणााली र प्रकिया एंवम अन्तर सरकारी सम्बन्ध सुद्विढ गरि नागरिककाे लागि सहकारी संघियताकाे लाभहरु अभिबृद्वि गराउने तथा स्थानिय तहमा क्षमता अभिबृद्वि गरी नागरिक सेवा र बिकास ब्यबस्थापनलाई प्रभाबकारी बनाउने उदेश्यका साथ आर्थिक बर्ष २०७६/२०७७ बाट याे कार्यक्रम सञ्चालित हुँदै आएकाे छ ।
प्रदेश तथा स्थानीय शासनकाे सहयाेग कार्यक्रमकाे संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे मन्त्री अध्यक्षतामा रहदै आएकाे मन्त्रालयले जनाएकाे छ ।