Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

ललितानिवास जग्गा प्रकरणमा २२ रोपनी जग्गा घुस बापत प्रयोग भएको पुष्टि

loading views..
Nepal Telcome

काठमाण्डु। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। घिमिरेसहित नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पनि पक्राउ गरिएको छ।घिमिरेले समरजंग कम्पनीका प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा उनको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि प्रहरीले उंलाई पक्राउ गरेको हो भने,अर्याल नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको पाइएको छ।

यो प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मिनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिररहेको छ । ललिता निवास प्रकरणमा सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरुको संलग्नता रहेको पाइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link