Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

सीता दाहालकाे सम्मानमा श्रद्धाञ्जली सभा, कमरेड सीता सबैकाे अभिभावक : लिलामणी पाेख्रेल

loading views..
Nepal Telcome

काठमाण्डु। सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार कमरेड सीता दाहालको सम्मानमा उपत्यका विशेष प्रदेश समितिले श्रद्धाञ्जली सभा गरेको छ ।

पार्टी केन्द्रीय कार्यलय काेटेश्वरमा आयाेजित कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सचिव तथा  प्रदेश इन्चार्ज लिलामणी पाेखरेलले सीता दाहालकाे याेगदानबारे चर्चा गर्दै उहाँको निधनले राष्ट्रले अपुरणिय क्षति व्यहारेकाे बताउनुभयाे ।उहाँले सीता दाहालसँग धेरै लामाे सहकार्य र चिनजान रहेको स्मरण गर्दै पार्टी, क्रान्ति र आन्दोलनप्रति निष्ठावान नेतृ रहेको बताउनुभयो । पाेखरेलले सीताकाे निधनपछी देखिएकाे राष्ट्रव्यापी माहाैल हेर्दा समाजका सबै सिमाहरू भत्किएको बताउनुभयाे । उहाँले सबै वर्ग, दल, राजनीतिक पार्टी, नागरिक समाज र समुदायले निसंकाेच सीता प्रति मनैदेखी श्रद्वा व्यक्त गर्नुले उहाँ सबैकाे साझा अभिभावक पुष्टि भएको बताउनुभयाे । प्रचण्डको राजनितीक सारथीकाे रूपमा सीता दाहालले खेल्नुभएकाे सन्तुलित भुमिकाकाे मुक्त कण्ठले प्रशंसा गर्नुपर्ने उहाँको भनाइ थियाे ।

कार्यक्रममा अध्यक्ष जगत सिंखडाले सीता दाहालकाे संक्षिप्त जिवनीकाे बारेमा चर्चा गर्दै उहाँको निधनले सिंगाे पार्टी पंक्ति स्तब्ध भएको बताउनुभयाे ।
कार्यक्रममा केन्द्रीय सदस्य केशव नेपाल, प्रतिनिधिसभा सदस्य उर्मिला माझीलगायतकाे सहभगिता थियाे ।सीता दाहालकाे २०८० असार २७ गते  बिहान ८ः३३ बजे नर्भिक अस्पताल, काठमाडौँमा दुखःद निधन भएको थियाे ।वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिनुभएकी सीता दाहालको २०२६ सालमा कमरेड प्रचण्डसँग विवाह भएको थियो । वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन विताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लोसमय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आउनुभएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link