Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

ओलीमा पहिले देखिनै गुटबादी प्रबृत्ति थियो।

loading views..
Nepal Telcome

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति नै गुटवादी भएको बताएका छन् ।

आज (मंगलबार) पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको पुरानो गुटवादी प्रवृत्ति झ्यांगिदै अहिलेको अवस्थामा आइपुगेको बताए ।

‘ओलीमा पहिल्यैदेखि गुटवादी प्रवृत्ति थियो, त्यही प्रवृत्ति झ्यांगिदै अहिलेको अवस्थामा आएको हो’, उनले भने । अध्यक्ष नेपालले प्रधानमन्त्री ओली इमान्दारिता नरहेको र सधैँ धोका धाकधम्कीको राजनीति गर्दै आएको आरोप लगाए । उनले प्रचण्ड र आफूलाई फुटाल्न अनेकौं प्रयास गरे पनि ओली सफल नभएको बताए ।
‘उहाँ (ओली) प्रचण्डलाई बोलाएर माधवले तपाईलाई धोका दिन्छन् तपाईले झेल्नु भएकै छैन भन्नु हुन्छ, त्यसको केही समयमै मलाई बोलाइएर प्रचण्डले धोका दिन्छन् भनेर एकै समयमा दुई जनालाई भिन्न भिन्न कुरा गर्नु हुन्छ’, उनले भने । उनले अध्यक्ष प्रचण्ड र आफू मिलेर पार्टी चलाउन र त्यसबाट कुनै समस्या नहाउने बताएका छन् ।
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link