Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पोखरामा १ करोड लिटर क्षमताको डिजल भण्डारण गृह तीन वर्षपछि संचालनमा आयो

loading views..
Nepal Telcome

काठमाण्डु। नेपाल आयल निगमले पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह(स्टोरेज ट्यांक) सोमबारदेखि संचालनमा ल्याएको छ।
एक अर्ब रुपैयाँ लागतमा यो स्टोरेज ट्यांक निर्माण भएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो गृहको उद्घाटन गरे। निगमका कार्यकारी निर्देशक उमेश थानी आधुनिक पूर्वाधार निर्माणमा निगमले विस्तारै फड्को मारेको दाबी गरे।

उनले यो प्लान्ट संचालनमा आएपछि गण्डकी प्रदेशमा डिजलको आपूर्ति सहज हुने बताए। गण्डकीमा दैनिक ३ लाख २० हजार लिटर डिजल र १ लाख ६० हजार लिटर पेट्रोल खपत हुने गरेको थानीले बताए। २० हजार लिटर क्षमताका दैनिक ३२ देखी ४० ट्यांकर लोड गर्न सकिने उनले बताए।

डिपोमा हाल २२ लाख ८० हजार डिजल र १० लाख १० हजार लिटर पेट्रोल भण्डारण क्षमता रहेको थियो। यो संचालनमा आएपछि अब एक महिनालाई पुग्नेछ भने पेट्रोल १० दिनलाई पुग्नेछ।

निगमले मट्टितेलको स्टोरेज ट्यांकलाई पेट्रोलमा रुपान्तरण गर्दैछ। यो ट्यांक निगमको आफ्नै ७७ रोपनी जग्गामा फैलिएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ट्यांक नजिक २४ सय किलोलिटरको वाटर ट्यांक निर्माण गरिएको जानकारी दिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link