बिपी स्मृति दिवसमा गाेरखा काङग्रेसद्वारा बृक्षारोपण

बिपी स्मृति दिवसमा गाेरखा काङग्रेसद्वारा बृक्षारोपण

गोरखा। जननायक बिशेश्वर प्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर शनिबार गोरखामा बृक्षारोपण गरिएको छ । नेपाली काग्रेस जिल्ला कार्यसमिति गोरखाको आयोजनामा बिपि स्मृति दिवसको अवसरमा गोरखा नगरपालिका–५ स्थित चिल्ड्रेन पार्क क्षेत्रमा बृक्षारोपण गरिएको नेपाली काग्रेस गोरखाले जनाएको छ ।

दिवसको अवसरमा चिल्ड्रेन पार्क क्षेत्रमा बिभिन्न प्रजातीका बिरुवा रोपिएको हो । काग्रेसले बिपिको सम्झनामा चिल्ड्रेन पार्क क्षेत्रमा रहेको मन्दिरको संरक्षण र सम्बद्र्धन गर्नका लागि मन्दिर वरिपरि १५ वटा भन्दा बढी धुपीका विरुवा रोपिएकाजनाएको छ । पार्क क्षेत्रमा फुलप्रजातीका धुपी, काठ प्रजाती लगायत बिरुवा रोपण गरिएको काग्रेस गोरखाले जनाएको छ ।बृक्षारोपण कार्यक्रममा नेपाली काग्रेस गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, सचिव कृष्णबहादुर आलेमगर, किशोरजंग थापा, पार्टीका जिल्ला कार्यसमिति सदस्यहरु तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.