Skip to content
Pokharapress Logo
२८ बैशाख २०८३, सोमबार

ओली प्रवृत्तिलाई धुलो चटाएर छाड्छौं:नारायणकाजी श्रेष्ठ

loading views..
Nepal Telcome

पोखरा। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘प्रधानमन्त्रीले सबै सेटिङ मिलाएका छन्, हाम्रो पक्षमा फैसला आउँछ’ भनेर भ्रम फैलाइएको बताएका छन्। पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रवक्ता श्रेष्ठले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार नै फैसला गर्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए।

‘तर केपी बाले सेटिङ गराउनु भएको छ, सबै मिल्छ। अदालतले हाम्रो पक्षमा फैसला गर्छ, निर्वाचन आयोगले पनि हाम्रै पक्षमा फैसला गर्छ भनेर केपी र उनका गुटका मान्छेहरु भनिरहेका छन्,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानसम्वत फैसला गर्छ भन्नेमा विश्वस्त छौं। तर सेटिङका कुरा जसरी चलेका छन्, सर्वोच्च अदालत र हामी सबै सचेत हुनुपर्छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पदबाट हट्ने देखेपछि संसद विघटन गरेको बताए। ओली समूहले संसद विघटन गर्नु बाध्यता भएको बताउने गरेको भन्दै श्रेष्ठले प्रश्न गरे, ‘के पर्‍यो त्यो बाध्यता ? निजी स्वार्थले संविधान मिच्‍न पाइन्छ ? संविधान भत्काउन पाइन्छ ?’ उनले असंवैधानिक तवरबाट संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान च्यात्न खोजेको बताए।

श्रेष्ठले ओलीको प्रधानमन्त्री बनिरहने रहरले संविधान र लोकतन्त्र संकटमा परेको बताए। उनले ओलीको तानाशाही प्रवृत्तिलाई पराजित गरेरै छाड्ने दाबी समेत गरे। ‘संयुक्त संघर्षका लागि राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरुसँग छलफल भइरहेको छ,’ उनले भने ‘ओलीको निरंकुश, प्रतिगामी र तानाशाही प्रवृत्तिलाई धुलो चटाएरै छाड्छौँ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link