Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अधिबत्ता पाण्डेलाई मावनअधिकार उलंघनमा कारवाही गर्न माग

loading views..
Nepal Telcome

साउन २२, गोरखा । गोरखा जिल्लामा रहेको १ दर्जन संघ संस्थाले गलत अभिव्यक्ति दिने अधिवत्ता भगवती पाण्डेलाई आवश्यक कारवाही गर्न माग गरेको छ । ती संस्थाका प्रतिनिधिहरुले सोमबार जिल्ला प्रशासन कार्यालयमा नाराबाजी गर्दै गम्भीर मानवअधिकार उलंघन भएकोले आवश्यक कारवाही गर्न जिल्ला प्रशासन मार्फत गृहमन्त्रीलाई पत्र पठाएको छ ।
नेपाल मगर संघका जिल्ला अध्यक्ष अशोक राना मगर र नेपाल तामाङ घेदुङका जिल्ला उपाध्यक्ष गौरी मोक्तान तामाङले संयुत्त हस्ताक्षर गरेर सहायक प्रमुख जिल्ला अधिकारी पुस्कर राना मार्फत गृहमन्त्रीलाई पत्र पठाएको हो ।
पत्रमा साउन ७ गते प्राइम टेलिभिजनमा दिक्पाल कार्की संग चिया गफ कार्यक्रममा अन्तरबार्ता दिदा ‘तामाङ र मगर जातिमा दाजुबहिनी बिचमा विवाह हुने गरेको र त्यस्तो सम्वन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुनुको साथै यस्तो मानिस भैसी र बाख्राभन्दा पनि तुच्छ’ हुने अभिब्यत्ती दिनु सिंगो तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रजाजनित अभ्यासमाथि गलत ढंगले ब्याख्या गरेको प्रति आपत्ती जनाएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी महिला महासंघ, तमु ह्यूल छोंज धिं गुरुङ राष्ट्रिय परिषद, नेपाल कुमाल समाज सुधार सेवा समिति, नेवा देव दवुले पनि अधिवत्ता पाण्डेको अभिब्यत्ती प्रति आपत्ती जनाउदै कार्वाहीको माग गरेको छ । साथै नेपाल मगर संघ, नेपाल चेपाङ संघ, नेपाल माझी उत्थान संघ, नेपाल भुजेल समाज सेवा समिति र नेपाल दरै संघ जिलाल कार्य समितिले पनि ऐक्यवद्वता जनाउँदै अधिवत्ता पाण्डेलाई गम्भीर मानवअधिकार उलंघनमा कारवाही गर्न माग गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link