Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

माओबादीको भदौ १६को अभियान अन्तिम परिक्षाको अभियान:माओबादी प्रबक्ता कञ्चन

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा,२४साउन। नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले आउँदो भदौ १६ गतेदेखि शुरु हुने तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकारबीच भेटघाट’ कार्यक्रममा प्रवक्ता सापकोटाले तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताएका हुन् । उनले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी –विशेष रूपान्तरण अभियान’ शुरु हुने र त्यस दिन देशभरका छ हजार सात सय ४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताए। यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै उनले आफूहरू सामूहिक रूपमा उत्तीर्ण हुने विश्वास व्यक्त गरे ।

उनले भने ‘भदौ १६ गते छ हजार सात सय ४३ वडामा एकैसाथ अभियान उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सात वटा वडाको जिम्मा लिनुभएको छ । हामीले पनि जिम्मा लिएका छौँ । यसमा हामी वैचारिक पुनःगठन, राजनीतिक पुनःगठन, सङ्गठनात्मक पुनःगठन र सांस्कृतिक पुनःगठनका कुरा गर्छौँ । यो हाम्रो करिब करिब अन्तिम परीक्षा जस्तै छ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तीर्ण हुन्छौँ । यो तीन महिने अभियान सफल हुन्छ ।’

प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्‍याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिबद्ध रहेको बताए । सुन प्रकरणको ठिक ढङ्गले अनुसन्धान गर्नका लागि सीआईबीलाई जिम्मेवारी दिइएको उनको भनाइ छ । तथ्य र प्रमाणले दोषी देखिएकाहरूलाई कारबाही गर्न पार्टीमा समेत एकमत रहेको उनको दाबी छ ।

प्रवक्ता सापकोटाले नागरिक महँगीको मारमा परेको भए पनि महँगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताए । उनले बजार अनुगमन गरी बदमासी गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए । नागरिकले खेप्नु परेको महँगीको मारको सम्बन्धमा पार्टीको आउँदो पदाधिकारी बैठकमा आफूले कुरा उठाउने उनको भनाइ छ ।

सापकोटाले युवाहरू विदेशिने कुरा राष्ट्रियतासँग पनि गाँसिएको भन्दै हुनेखाने र पुगिसरी आएकाहरू नै विदेशिएका बताए । युवाहरू विदेशिनु खतराको विषय भएको भन्दै उनले यो विषयलाई राष्ट्रले प्राथमिक एजेन्डा बनाउनुपर्ने बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link