Skip to content
Pokharapress Logo
२८ असार २०८३, आईतवार

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

loading views..
Nepal Telcome

साउन २६,काठमाण्डु। ग्लोबल आइएमई बैंक सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा परेको छ ।आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो ।अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लाेबल आइएमई बैंकले गत आवमा पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको छ । यो कर बैंकले बर्षभरी विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो ।
ग्लोबल आइएमई बैंकले गएको आवमा सात अर्ब २५ करोड रुपियाँ खुद नाफा गरेको छ ।
यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो ।
बैंकले अघिल्लो आव २०७८/७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो ।
२१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओमा रत्नराज बज्रचार्य छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link