Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

खड्ग ओलीको पक्षमा खुले बाबुराम लडाकु शिविरको खर्चको पनि छानबिनको माग

loading views..
Nepal Telcome

बुटवल,साउन २६। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट)मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता उनले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताएका हुन् । उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।
आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरू खोल्ने गरिए पनि ठूला दलहरूबीच लाभका पदहरूमा भागबन्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए । उनले भने, ‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने परिपाटी छ, तर ठूला तीन दल साँठगाँठ गरेर भागबन्डामा कुरा मिलाउँछन्, अनि अनुसन्धान सामसुम हुन्छ । ’
अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरिरहेको अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको टिप्पणी गरे । उनले भने, ‘अहिलेको सरकारले गरिरहेका अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्छन् भन्ने विश्वास छैन ।’
ललिता निवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने पनि उनले बताए । उनले भने, ‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छानबिन गरौँ भन्दै आएको हुँ, ललिता निवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु, जानेको बुझेको बताउँछु ।’ सय केजी सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठनको माग गर्नु गलत नभएको भट्टराईले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link