Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

अस्पतालले छिटो र सर्बसुलभ सेवा दिनुपर्छ : मन्त्री सिंखडा

पोखरा। गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले अस्पतालले सेवा दिँदा छिटो छरितो र सस्तो सेवा दिनुपर्ने बताएकी छन् ।

माणिपाल शिक्षण अस्पतालको आयोजनामा खेलकुद तर्फको पुरस्कार वितरण र एमबिबिएस पढाइ सकेका डाक्टरहरुको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दे बिरामी हुँदैमा कसैले घर खेत बन्दकी राख्ने अवस्था आउन नहुने बताइन ।सिंखडा अनुभव सुनाउँदै भनिन ‘मैले मन्त्रालय सम्हाल्दा सर्बत्र  डाक्टरको खाँचो रहेको छ । यहाँबाट उत्पादित जनशक्ति विकट गाउँमा गएर सेवा दिन सकुन् ।’नेपाल डाक्टरी पढेकालाई नेपालमा नै रोजगारीमा ल्याउन सके राम्रो हुने उनको भनाइ छ । मणिपालले डाक्टर मात्र उत्पादन नगरी, कला संस्कृतिको पनि संरक्षण गरेको धारणा राखिन । कार्यक्रमको सञ्चालन गर्दै नारायण पौडेलले शिक्षण अस्पतालको बारेमा भनाइ राखेका थिए ।

arrow प्रतिक्रिया दिनुहोस्