पोखरा। गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले आफ्नो सय दिनको मुख्य मुख्य उपलब्धि आज मन्त्रालयमा पत्रकारसँग भेटघाट मार्फत सार्वजानिक गरेकी छन् । आज पत्रकारहरुसँग भेटघाट गर्दै उनले आफ्नो १०० दिने कार्यकालमा भएका स्वास्थ्य, सामाजिक र खेलकुदतर्फका खास उपलब्धी एक पुस्तिकाको रुपमा सार्वजानिक गरेकी हुन् । प्रदेश सरकारले चालु आवको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको बताउँञदै मन्त्री सिम्खडाले डायलायसिस सेवालाई प्राथमिकताका साथ अगाडि बढाइएको बताइन् ।
गण्डकी प्रदेशका नौ सरकारी र छ निजी गरी १५ स्वास्थ्य संस्थामा डायलायसिस सेवा उपलब्ध छ । प्रदेशमा पाँच सय ७६ जनाले नियमित डायलायसिस सेवा दिइरहेका छन् भने २०३ जना सेवाको पालो पर्खाइमा छन् । अहिले तीन सय जना पालो पर्खाइमा छन् । तीन महिनापछि पर्खाइमा बस्ने विरामीको संख्या शून्यमा झार्ने तयारीमा रहेको उनले सुनाइन् ।
प्रदेश सरकारले पोखरामा सञ्चालन गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा २५ शैयाको डायलायसिस केन्द्र सञ्चालन गरेको छ । साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले यो अस्पतालका लागि ४८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
प्रदेश सरकारले दमौली, लमजुङ, स्याङ्जा र पर्वतका अस्पतालमा दुई/दुई डायलायसिस मेसिन थप गरेको छ । सङ्क्रामक अस्पतालका २५ मध्ये १२ मेसिन अहिले चलाइएको छ । मेसिन सञ्चालनका लागि १३ जना स्टाफ नर्सले काठमाडौंमा तालिम लिएर अस्पताल फर्किइसकेका छन् । चाँडै डायलायसिस केन्द्रका सबै मेसिन चलाउने तयारी छ । २५ वटै मेसिन चलेपछि दिनमा ७५ जनालाई सेवा दिन सकिन्छ । यो केन्द्रलाई पूर्ण क्षमतामा चलाउने र जिल्लाका अस्पतालमा मेसिन र जनशक्ति उपलब्ध गराएर तीन महिनाभित्र डायलायसिस सेवाका लागि पर्खिनेको सङ्ख्या शून्यमा झार्ने योजना मन्त्रीले सुनाइन् ।
मन्त्री सिंखडाले ४६ बुँदे कार्यकालका उपलब्धि सार्वजनिक गरेकी छन् । ती उपलब्धी जस्ताकोतस्तै :
पदभार ग्रहणः २०८० वैशाख २६ गते ।
(क) स्वास्थ्य क्षेत्रतर्फः
१. गण्डकी प्रदेश भित्र सरकारी ९ वटा र निजी ६ वटा गरी जम्मा १५ वटा स्वास्थ्य संस्थाबाट डायलायसिस सेवा प्रदान गरिदै आएको छ । प्रदेश भित्रका ५७६ जना बिरामीहरुले डायलायसिस सेवा लिइरहेका र ३०३ जना डायलायसिस सेवाको पर्खाइमा रहेकोले उक्त संख्यालाई शून्यमा झार्ने उद्देश्यका साथ संक्रामक तथा सरूवा रोग अस्पताल, कास्कीमा आवश्यक जनशक्ति, औजार उपकरण र भौतिक पूर्वाधारको व्यवस्थापन गरी २५ शैय्या क्षमताको डायलासिस केन्द्र स्थापना गरी संचालन गरिएको ।
२. संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा डायलासिस केन्द्र स्थापना गरी संचालन गर्नका लागि गण्डकी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/०४/२४ को बैठकबाट विशेषज्ञ चिकित्सक सहित ४८ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत भएको ।
३. प्रदेश अन्तर्गतका सबै अस्पतालको डायलायसिस सेवा सुचारु कार्यक्रमलाई निरन्तरता दिई थप व्यवस्थित बनाइएको । साथै दमौली, लमजुङ, स्याङ्जा र पर्वत अस्पतालमा २/२ थान डायलाइसिस मेशिन थप गरी संचालन गरिएको ।
४. प्रदेश सरकार मातहतका मनाङ, मुस्ताङ, स्याङ्जा र पर्वत अस्पतालहरुमा राष्ट्रिय आविस्कार केन्द्र मार्फत, संक्रामक तथा सरुवा रोग अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा विश्व स्वास्थ्य संगठन (WHO) मार्फत तथा गोरखा, लमजुङ, बेनी, धौलागिरी, दमौली र मातृशिशु मितेरी अस्पतालहरुमा निक साइमन ईन्ष्टिच्यूट (NSI) मार्फत Electronic Medical Record [EMR] प्रणाली सञ्चालन गरिएको।
५. अस्पताल/प्रयोगशालाबाट नियमित स्वास्थ्य सेवा एवं परिक्षणको अतिरिक्त हाल दिइरहेको विशेष सेवाहरु (Dialysis Service, ICU / PICU / HDU / Ventilator Service, Safe Delivery Service आदि) नियमित सञ्चालन तथा निरन्तरताको लागि थप जनशक्तिको अस्थायी दरवन्दी स्वीकृतीको प्रकृयामा रहेको ।
६. स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखि नीति तथा कार्यक्रम ल्याई सोही बमोजिम कार्यक्रम र बजेटको व्यवस्था गरिएको ।
७. १० बर्ष भन्दा मुनि र ६० बर्ष भन्दा माथिको मानिसहरुलाई प्रदेश अन्तर्गतका सरकारी अस्पतालमा हुने प्रयोगशाला परिक्षणलाई निःशुल्क गरिएको ।
८. आकस्मिक सेवा व्यवस्थापनलाई व्यवस्थित बनाउन १०२ नम्बरको सम्पर्क सहित एम्बुलेन्स Dispatch Centre को सेवा शुरुवात गरिएको ।
९. गोरखाको आँपपिपल र बागलुङको बुर्तिबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति सहितको व्यवस्थित संचालन गर्नको लागि सम्भाव्यता अध्ययनको शुरुवात गरिएको ।
१०. चालु आ.व. २०८०/०८१ को स्वीकृत कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनको लागि मापदण्ड तयारी गरी स्वीकृतिको चरणमा रहेको।
११. प्रदेशभर महामारी निगरानीको लागि सर्भिलेन्स आउटब्रेक रेस्पोन्स म्यानेजमेन्ट एण्ड एनालाइसिस प्रणाली (SORMAS) लागू गरिएको ।
१२. स्वास्थ्य तालिम केन्द्र भवन निर्माणको शिलान्यास भई निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको ।
१३. गण्डकी प्रदेश सरकार मातहतका अस्पतालहरूको विरामीको चापलाई ध्यानमा राखी स्तरोन्नतिका लागि अध्ययन कार्य सम्पन्न भएकफ र स्तरोन्नति गर्ने प्रक्रियामा रहेको ।
१४. जटिलतामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुको हेलिकप्टर मार्फत हवाई उद्दार (Air Lifting) गर्ने कार्य निरन्तर रहेको । उक्त कार्यक्रम थप व्यवस्थित रूपमा संचालन गर्नको लागि गण्डकी प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट “जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यविधि, २०८०” स्वीकृत भई मिति २०८० असार १० गते प्रदेश राजपत्रमा प्रकाशन भएको । यस हवाई उद्दार सेवाबाट गत आ.व. मा ६ जना एवं चालु आ.व. मा १ जनाको हवाई उद्धार गरिएको छ भने गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७४/०७५ देखि शुरुवात भएको गर्भवती तथा सुत्केरी महिलाहरुको हेलिकप्टर मार्फत हवाई उद्दार कार्यबाट हालसम्म ६२ जना हवाई उद्दार गरिएको छ ।
१५. कोभिड- १९ विरूद्धको बुस्टर डोज मात्राको खोप सेवा निरन्तर भएको ।
१६. गण्डकी प्रदेशका तोकिएका २८ वटा स्थानीय तहहरूमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारी सम्पन्न गरिएको ।
१७. लमजुङ अस्पताल, लमजुङमा “माइक्रोब
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.