Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

राष्ट्रपति र खड्क ओलीबीच भेटवार्ता

काठमाण्डु।  राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्क ओलीबीच भेटघाट भएकाे छ ।बुधबार शीतलनिवासमा उनीहरुले संसद्‌मा उत्पन्न गत्यारोध लगायत विषयमा छलफल भएको राष्ट्रपति कार्यालयको उच्त श्रोतले बतायो।
राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच प्रतिनिधि सभा र राष्ट्रिय सभाको गतिरोध अन्त्य गर्न छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएकाे छ ।राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्न केहीदिन अघि शीतलनिवासमै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरि सकेका छन् ।
आफ्ना सहयोगी शुभचिन्तकहरुलाई जोगाउने प्रपञ्चका साथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको सुनका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने रटान रट्दै सदन अवरोध गर्दै आएको छ।

arrow प्रतिक्रिया दिनुहोस्