Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

उत्तरी गोरखाको खानीगाउँका ३२ घर पहिराको उच्च जोखिममा

loading views..
Nepal Telcome

गोरखा। उत्तरी गोरखाका धार्चे गाउँपालिका–७, खानीगाउँका ३२ घर पहिराको उच्च जोखिममा परेको छ । पहिराका कारण बस्ती भएको जमिन चिराचिरा परेपछि घरहरु उच्च जोखिममा परेको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो । पहिराले बस्ती माथिका जमिन चिरिएको र बस्ती मुनिका जमिन खाल्डो पर्दै गएपछि बस्ती पुरै जोखिममा परेको उहाँको भनाई छ ।
‘गोरखा भुकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको थियोे, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘केहीदिन अघि परेको निरन्तरको बर्षाले अहिले बस्ती झनै जोखिमपूर्ण बनेको छ ।’ बर्षाले जमिन भासिँदै गएपछि अधिकांस घरको भित्रि भाग चिरा परेको छ । ‘घरको जग समेत तलतल सर्दै गएको छ, उहाँले भन्नुभयो,‘ घर भित्र एक बित्तासम्म लामो चिरा परेपछि बस्नका लागि समेत डरमर्दो अबस्था बनेको छ ।’
पहिराका जोखिम बढेपछि पिडित परिवारहरु घरमा बस्न सक्ने अबस्था समेत नरहेको उहाँले बताउनुभयो । ‘जुन घर भित्र पसेपनि अत्यास लाग्ने अबस्था छ, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘रातबस्नका लागि छिमेकीको घरमा गएर बास माग्नुपर्ने बाध्यता यहाँको बासिन्दाको रहेको छ ।’ पहिराको त्रासले स्थानीयबासीहरु साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर छिमेकी र आफन्तकोमा सुरक्षित बास बस्न जानुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
त्यसबाहेक केही परिवार विद्यालयमा नै बास बस्न समेत जाने गरेको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।‘समस्या परेका परिवारहरु मध्ये ३ परिवार बृद्धा एकल महिला पनि रहनुभएको छ, उहाँले भन्नुभयो, ‘उहाँहरुलाई त समस्या परिहाल्यो भने भाग्न सक्ने अबस्थाको पनि हुनुहुन्न, पहिरोको पीरले अत्यासमा दिन कटाई रहनु भएको छ ।’

बस्ती अत्यन्तै जोखिमपूर्ण रहेकाले घरहरु खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह समेत गरेको छ । पहिरोले खानीगाउँका ३२ घरघुरीका १ सय ५ जना प्रभावित भएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link