Skip to content
Pokharapress Logo
३ असार २०८३, बुधबार

प्रा.डा. भट्टराईको प्रश्न : देशमा प्रतिगमन हुँदा नबोल्ने बुद्धिजीवीको के काम ?

loading views..
Nepal Telcome

काठमाडौं। प्राध्यापक डा. रमेश भट्टराई शासन सत्ताको निरंकुशता र ज्याजतिरको विरोधमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विमर्श गर्नुपर्ने बेला आएको बताएका छन्। नेपाल बुद्धिजीवी संगठनको राजनीतिक एवं संवैधानिक अन्तरक्रियामा भट्टराईले राज्यसत्ता प्रतिगमनको बाटोमा अघि बढिरहेको बेला त्यसलाई सच्चाउन बुद्धिजीवीको ठूलो भूमिका हुने बताए।

देशले राजनीतिक संकट खेपिरहेको बेला सार्वजनिक रूपमा बुद्धिजीवी नबोल्नु दुखद भएको उनले बताए। बुद्धिजीवी पनि देशको नागरिक भएकोले देशले संकट खेपिरहेको बेलामा खुलेर विमर्श गर्नुपर्ने भट्टराईले बताए। देशका समस्याका बारेमा नबोल्ने व्यक्ति सार्वजनिक बुद्धिजीवी हुन नसक्ने उनको भनाई छ।

उनले भनेका छन्, ‘बुद्धिजीवीहरू देशका नागरिक हुन्। साथसाथै सार्वजनिक बुद्धिजीवी पनि हुन्। त्यसअर्थमा उनीहरूले आफ्नो विमर्श बनाउन पाउँछन्। तर बुद्धिजीवीले देशका समस्याका बारेका बोलेन भने त्यो सार्वजनिक बुद्धिजीवी कसरी हुन्छ ?’

भट्टराईले अगाडि भने, ‘सार्वजनिक रूपमा बोल्ने पहिलो चरणका बुद्धिजीवीहरू सत्ताका विरुद्धमा हुन्छन्। दोस्रो एकतिर सत्ताको नजिक बसेर विभिन्न पेसामा काम गरिरहेका हुन्छन्। सँगसँगै अर्को दायित्व पनि हुन्छ कि सत्ताको विरोध र विमर्श गर्ने मात्र नभई सत्ताको परिवर्तनका निम्ति सक्रियता पूर्वक लाग्नुपर्छ। त्यसकारण बुद्धिजीवीहरूले पनि बृहत् रुपमा विमर्श गर्ने बेला आएको छ।’लोकपाटीबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link