चितवन। चितवनको मुग्लिन नजिक सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनले इच्छाकामना गाउँपालिका–६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिएको छ ।
ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने प्रहरीले बताएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ ।सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन् ।