Skip to content
Pokharapress Logo
२७ असार २०८३, शनिबार

नारायणगढ मुग्लिन सडकमा सबारी आबागमन ठप्प

loading views..
Nepal Telcome

चितवन। चितवनको मुग्लिन नजिक सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनले इच्छाकामना गाउँपालिका–६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिएको छ ।

ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने प्रहरीले बताएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ ।सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link