Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रेस सेण्टरको गण्डकी इन्चार्जमा दिपक श्रेष्ठ

loading views..
Nepal Telcome

पोखरा। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशकाे ईन्चार्जमा गाेरखाका दिपक श्रेष्ठ जलन चयन हुनु भएकाे छ ।
२०७९ माघ १ गते जहाज दुर्घटना परी निधन हुनु भएका तत्कालिन गण्डकी प्रदेश ईन्चार्ज त्रिभुवन पाैडेलकाे रिक्त भएकाे ठाउँमा शनिबार बसेकाे केन्द्रीय पदाधिकारीकाे बैठकले श्रेष्ठलाई ईन्चार्जकाे जिम्मेवारी दिएकाे प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिब सन्ताेष पाैडेलले जानकारी दिए।
उनका अनुसार श्रेष्ठ केन्द्रीय उपमहासचिब पनि भएकाले जिम्मेवारी दिएकाे हो।बिगत लामाे समय देखि पत्रकारिता श्रेत्रमा श्रमजिबीहरुकाे पक्षमा निरन्तर आन्दाेलनमा सक्रिय भूमिका निर्बाह गर्दै आएका श्रेष्ठले हाल गाेरखाबाट रेडियाे मनासलु, नागरिकसबाल, डटकम,राससमा कलम चलाउदै आएका छन्।
एक निष्ठाबान ईमानकाे प्रतीक श्रेष्ठ आफुले पाएकाे जिम्मेवारी कुशलतापुर्बक निर्बाह गर्न सक्ने सक्षम प्रेस सेन्टरकाे नेताकाे रुपमा स्थापित छन् । त्यसैकाे कारण पनि उनलाई जिम्मेवारी प्रदान गरिएकाे प्रेस सेन्टर नेपालले जनाएकाे छ ।
बिगत ८ महिना देखि रिक्त रहेकाे गण्डकी प्रदेशकाे जिम्वारी श्रेष्ठले पाए पछि अब गण्डकी प्रदेशमा प्रेस सेन्टरकाे संगठनमा गतिका साथ अगाडि बढ्नेमा बिश्बास समेत लिएकाे छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link