Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

नेपालमा लगानी ल्याउन अध्यक्ष ढकालको आग्रह

loading views..
Nepal Telcome

काठमाण्डु। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिललद्धारा संयुक्त रुपमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानी भित्र्याउन र यहाँबाट लाभ लिन समेत विदेशी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।
उहाँले नेपालमा लगानीका अधिक सम्भावना रहेकोतर्फबाट सबै विदेशी लगानीकर्ताहरुको ध्यान आकर्षित गर्नुभयो ।
सम्बोधनका क्रममा उहाँले भन्नुभयो ‘नेपालमा उर्जा, पूर्वाधार, निर्माण क्षेत्र, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानीका सम्भावनाहरु छन्, यहाँ लगानी गरेर विदेशी लगानीकर्ताहरुले लाभ पनि लिइरहेका छन्, त्यसैले म सबै विदेशी लगानीकर्ता मित्रहरुलाई यसतर्फ आग्रह गर्दछु ।’
अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाहरुसँगै लगानीको वातावरण पनि रहेको जानकारी गराउनुभयो ।
नेपाल दुई ठूला र समृद्ध राष्ट्रको बीचमा रहेकाले लगानी र बजारको पनि त्यति तै अवसर रहेको उहाँको भनाई थियो । अध्यक्ष ढकालले नेपालको लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले ती विमानस्थलमा चीन र हङकङबाट पर्यटकहरुको आगमनमा पनि उल्लेख्य मात्रामा बृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link