Skip to content
Pokharapress Logo
२७ असार २०८३, शनिबार

प्रधानमन्त्री भदौ २३ मा गोरखा आउँदै

loading views..
Nepal Telcome

गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ २३ गते गोरखा जिल्ला आउने भएका छन् । माओवादी शसस्त्र युद्धका शहिद शुरेस वाग्ले र भीमसेन पोखरेलको स्मृतीमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड गोरखा आउन लागेका हुन् ।
‘प्रधानमन्त्री ज्यू गोरखा आउने कार्यक्रम कन्फम भयो,’ नेकपा माओवादी केन्द्रका संयोजक दिपक तिमिल्सीनाले भने,‘बासु स्मृति दिवश सहित सिरानचोक र अजिरकोट गाउँपालिकाको आयोजनामा कार्यक्रममा पनि उहाँ सहभागी हुने कार्यक्रम छ ।’सो दिन करिब दिन भर उनी जिल्ला रहने स्रोतको दाबी छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले पालुङटार २ स्थिती रातडाँडामा बासु स्मृति प्रतिष्ठानले गरेको स्मृति सभालाई संबोधन गर्नेछन् साथै भीमसेन पोखरेल स्मृति प्रतिस्ठानको आयोजनामा सिरानचोक ५ थुम्कीमा आयोजित कार्यक्रममा पनि उनी सहभागी हुने छन् ।सो कार्यक्रम पश्चात प्रधानमन्त्री प्रचण्डले सिरानचोक गाउँपालिकाको चित्रे पोखरी र अजिरकोट भच्चेक बजारमा आयोजित कार्यक्रमलाई संबोधन गर्नुका साथै स्थानीयसँग अन्र्तक्रिर्या गर्ने कार्यक्रम पनि रहेको प्रधानमन्त्रीको स्वकिय रमेश मल्लले बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link