Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

११ जिल्लामा पुनस्थापना केन्द्र बन्छ : मन्त्री सिंखडा

loading views..
Nepal Telcome

पोखरा। सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा हिंसामा परेकालाई संरक्षणको लागी पुनर्स्थापना केन्द्र बन्दै गरेको बताएकी छिन् । मानव बेचबिखन विरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसरमा सामाजिक न्याय आर्थिक सशक्तीकरण  मानव बेचबिखनको निर्मूल नाराको साथ आयोजना गरिएको कार्यक्रम बोल्दै मन्त्री सिंखडाले पोखरा ३३मा स्थायी पुर्न स्थापना केन्द्र निर्माण गर्ने बताएकी छन् । उनले अन्य १० जिल्ला अस्थायी पुर्न स्थापना केन्द्र निर्माण गर्ने योजना रहेको सुनाएको छन् । गरिबी तथा बेरोजगारीको कारण पनि मानव बेचबिखनको घटना बढेको धारणा राखेको थिइन् ।

महिलाहरूले सिप सिकेर आफै आत्म निर्भर बन्नुपर्ने बताइन । महिला हिंसाका घटनाहरू न्यूनीकरण गर्नको लागी स्कुलमा नै हिंसा सम्बन्धी कक्षाहरू सञ्चालन गर्नुपर्ने बताइन । जिल्ला प्रशासन कार्यालय कास्की सहायक जिल्ला अधिकारी तथा सूचना अधिकारी गुरुदत्त ढकालले महिला हिंसा सम्बन्धी तथा अन्य केही आवश्यक परेमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरे । जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्याधिवक्ता गोपाल प्रसाद ढकालले जनचेतना मूलक कार्यक्रमको आवश्यक रहेको बताए । उनले महिलाले छिटो अरूलाई विश्वास गर्ने कारण बेचबिखनमा पर्ने पर्ने बताइन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले महिला हिंसाका घटनामा प्रहरीलाई जानकारी दिन अनुरोध गरे । समयमै सूचना पाए महिला बेचीनबाट जोगिन सक्ने बताए । कार्यक्रममा सहभागी मध्य इन्सेकका प्रतिनिधि शिव खकुरेलले राज्यले महिला हिंसाका घटना न्यूनीकरण गर्न छाडेर अनावश्यक ठाउँमा बजेट लगानी गरिरहेको बताए । उनले बजेटमा र नीतिमा हिंसा न्यूनीकरण गर्ने योजना आउनुपर्ने बताइन । सहभागी मध्य विष्णु कुमारी क्षेत्रीले आफू प्रहरी र कोपिला नेपाल लगायतका संस्थाबाट पीडित भएको बताइन । हिंसामा परेका महिलालाई राज्यले हेर्न नसकेको गुनासो गरिन ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link