Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

नेपाल एयरलाइन्सले साउदीको दमाममा नियमित उडानसुरु गर्‍यो

loading views..

काठमाण्डु। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौँ–दमाम गन्तव्यमा सिधा उडान सञ्चालन गरिएको छ । उडान तालिकाअनुसार काठमाडौँबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा एक सय २६ यात्रु रहेका थिए भने काठमाडौँ फर्कदा एक सय १७ यात्रु रहेको निगमले उल्लेख गरेको छ ।
प्रवक्ता पौडेलले काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको पोखराप्रेसलाई बताए । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमार्फत अनलाइनबाट टिकट लिन सक्नेछन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्