Skip to content
Pokharapress Logo
२७ असार २०८३, शनिबार

दराैदी नदीमा करेन्ट लगाई माछा मार्ने चार जना पक्राउ

loading views..
Nepal Telcome

गोरखा। अबैध रुपमा नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ छन् । गोरखाको पालुङटार नगरपालिका–१, भेसेटार स्थित दरौंदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।पक्राउ पर्नेमा सहिद लखन गाउँपालिका वडा नम्बर ७ बुङकोटका २५ बर्षका रामबहादुर आले, गण्डकी गाउँपालिका–६, का २८ बर्षका पदमबहादुर थापा, तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका–३, बस्ने २२ बर्षका मनोज कुमाल र सोही ठाउँका २४ बर्षका प्रदिप अर्याल रहेको उहाँले बताउनुभयो ।

दरौंदी नदीमा ब्याट्री मार्फत करेन्ट प्रवाहगरी अबैध रुपमा माछा मार्दै गरेको अबस्था प्रहरी चौकी मझुवाबाट खटिएको प्रहरीको टोलीले सोमबार उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट करेन्ट प्रवाहगरी माछा मार्न प्रयोग गरेको ब्याट्री लगायत सामग्री समेत बरामत गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।पक्राउ परेका चारै जना बिरुद्ध जिल्ला प्रसासन कार्यालय गोरखामा सार्वजनिक शान्ति बिरुद्धको कसुर शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । जिल्ला स्थित नदी र खोलाहरुमा करेन्ट प्रवाहगरी माछा मार्नेक्रम बढ्दै गएपछि प्रहरीले उक्त अबैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका गर्न पहल सुुरु गरेको छ । गएको सोमबारपनि गोरखा नगरपालिका–१०, स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मारिरहेका बेला दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link