Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

बारपाक सुलिकाेट गाउँपालिकाका सेवाहरु अब नागरिकले अनलाइनबाट लिनसक्ने

loading views..

गोरखा। गोरखाको बारपाक सुलिकाेट गाउँपालिकाले पालिका भित्रका नागरिकहरुलाई व्यक्तिगत घटना दर्ता घरैबाट गर्नसक्ने अनलाइन व्यवस्था मिलाएको छ ।

पालिकाले यस चालु आर्थिक बर्ष २०८०/ ५ / २६ गते देखि गाउँपालिका भित्रका सवै नागरिकहरुले घरमै बसेर  अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता गर्नसक्ने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टले जानकारी दिनुभयो ।
व्यक्तिगत घटना दर्ता सम्बन्धि जस्तै जन्म, मृत्यु, बसाईसराई, विवाह, सम्बन्ध बिच्छेदका घटना अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था रहदै आएको छ।

उहाँले भन्नुभयो, यसका लागि वडा कार्यालयमा धाएरै जानुपर्ने बाध्यता गाउँपालिकाबासीहरुको रहेको थियो, त्यसलाई अन्त्य गर्न गाउँपालिकाले अनलाईन मार्फत नै घटना दर्ता गर्न सक्ने व्यवस्था मिलाएको हो ।

घटना दर्ताका लागि मोवाईल वा कम्युटर मार्फत विवरण अनलाइन फारम भर्न सकिनेछ ।अनलाइन फाराम भर्दा प्राप्त टोकन नम्बर लिएर आफ्नो वडा कार्यालयबाट सहजै प्रमाणपत्र लिन समेत व्यवस्था  गरिएको छ ।

यस बारपाक सुलिकाेट गाउँपालिका भित्रका केही वडाहरुमा वडा कार्यालयसम्म पुग्न पनि घण्टौ हिड्नुपर्ने बाध्यता रहेकाले नागरिकहरुलाई घरघरमा सेवा पुर्याउन जन्तालाई  सेवा दिन घटना दर्ता अनलाईन माध्यमबाट गर्न सुरु गरिएको हो ।

बसाईसराई नभएका तर गाउँ छोडेर अन्यत्र बसोबास गर्दै आएका नागरिकहरुका लागि पनि यसले घटना दर्ताका लागि सहज हुने उहाँले बताउनुभयो । वडा कार्यालय मार्फत घटना दर्ता प्रमाण पत्र उपलब्ध गराउने व्यवस्था गरिएको पालिकाका अध्यक्ष भनाई छ ।

अब अन्य बिषयको जानकारीहरू पनी छिटै अनलाइन मार्फतनै जन्ताको घर-घरमा पुराउने उदेश्य रहेको गाउ पालिका अध्यक्षले बताउनु भयो ।

गोरखा जिल्लाको चर्चित गाउँपालिका बारपाक सुलिकोट पहिलो कार्यकालमा गोरखा जिल्ला भरीकैमध्य बिकास निर्माण र जनपक्षिय कामको आधारमा उत्कृष्ट गाउँपालीका भएको गाउँपालिका अहिलेपनी पहीलो नम्बर मा नै छ ।
गोरख बारपाक सुलिकोट ऐतिहासिक र भुगोल पनी हो, लाहुरे हरूको बढी बसोवास गर्ने गाउँ बारपाक  , जनयुद्धको प्रथम शहिद दिल बहादुर रम्तेलको जन्म भएको गाउँ  वडा न ८ पन्द्रुङ र शहिद भएको स्थान पनी वडा न ८ जराङ हो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्