Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गाेरखाकाे दराैदी दैनिकले मनायाे २६ ओै बार्षिक उत्सब

loading views..

गाेरखा। गाेरखाकाे सबै भन्दा पुरानाे पत्रिका दराैदी दैनिक २६ ओै बर्षैमा प्रबेश गरेकाे छ ।साेमबार गाेरखा सदरमुकाममा दराैदी प्रकाशन समूह गाेरखाले एक कार्यक्रम गरि २६ ओै बर्षमा प्रबेश गरेकाे अबसरमा जिल्लामा भएका सराेकारवालाहरु संग पत्रकारिताकाे बर्तमान अबस्था बिषयक छलफल कार्यक्रम सम्पन्न गरेकाे दराैदी दैनिकका सम्पादक बिकास मरहठ्ठाले जानकारी दिए ।

साेहि कार्यक्रममा बाेल्ने अधिकांश बक्ताहरुले पत्रकारिता दराैदी नदि जस्तै अबिरल रुपमा बग्नु पर्ने धारणा राखेका थिए । गाेरखामा रहेर जटिलअबस्थामा पनि दराैदी दैनिकले पुर्याएकाे याेगदान प्रति विभिन्न बक्ताहरुले चर्चा परिचर्चा गरेका थिए । पत्रकारिता जनताकाे मन जित्ने हुने पर्ने सराेकारवालाहरुले बिषयबस्तु उठान गरेका थिए ।

शिव उप्रेतीकाे अध्यक्षतमा भएका कार्यक्रममा प्रमुख अतिथि नेपाली काङग्रेस गण्डकी प्रदेश प्रमुख सचेतक नन्दु प्रसाद न्याैपाने, जिल्ला समन्वय समितिका प्रमुख माेहन बहादुर थापा, गाेरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लगाएतले आफ्नाे शुभकामना मनतब्य राखेका थिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्