काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशका सबै स्थानीय तहमा प्रदशर्नको तयारी तीव्र पारेको छ ।
कांग्रेस सभापति शेर बहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै भोलि हुन लागेको विरोध प्रशर्दनलाई सबैले साथ दिन अपील गरेका छन् ।
पुस ५ गते भएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको कांग्रेसले त्यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
यसअघि कांग्रेसले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । पूर्व निर्धारित कार्यक्रमअनुसार कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ ।
पछिल्लो पटक पुस १९ गते बसेको बैठकले प्रतिनिधि सभा विघटन विरूद्ध प्रदर्शनका कार्यक्रमहरु तय गरेको थियो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.