Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

जनसेवक बचत तथा ऋण सहकारीको साधरण सभा तथा अधिबेशन सम्पन्न

पोखरा। पोखराको सृजना चोकमा रहेको श्री जनसेवक बचत तथा ऋण सहकारीको १६ औं बार्षिक साधारण सभा तथा छैठौं अधिबेशन नयाँ नेतृत्व तथा विभिन्न प्रतिवेदनहरु पास गर्दै सम्पन्न भएको छ । साधारण सभा पोखराको साइमन पार्टी प्यालेस सृजनाचोकमा हिजो अबेर सम्पन्न भएको हो । साधरणसभाको उद्घघाटन प्रमुख अतिथि गण्डकी प्रदेशको पुर्ब सांसद तथा नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशको अध्यक्ष गायत्री गुरुङले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको गर्नु भएको थियो भने कार्यम्रमको अध्यक्षता संस्थाका अध्यक्ष बुद्दिसागर  घिमिरेले गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन गोपालमणि लामिछानेले गर्नु भएको थियो भने कार्यक्रमा दुर्गा भुजेलले  स्वागत मन्तब्य राख्नु भएको थियो।

बिक्रम सम्बत २०६४ सालमा स्थापना भएको यश सहकारीको अधिबेशनले आगामी दुई बर्षको लागि गोपालमणि लामिछानेको अध्यक्षतामा सर्बसम्त रुपमा नयाँ नेतृत्व चयन गरेको छ।

उपाध्यक्षमा दुर्गा भुजेल,सचिबमा मिनराज बराल,कोषाध्यक्षमा रबिमोह‍न पौडेल सदस्यहरुमा बीरेन्द्र बराल,भबानी प्रसाद बराल,तारा बराल,होमकुमारी सुवेदी बराल,राजेन्द्र सुवेदी,बुद्धिमाया गुरुङ सर्बसम्मत चयन भएका छन्।यसै गरेर अधिबेशनले चीजकुमार जोशीको संयोजकत्वमा तीन सदस्य लेखा समिति चयन गरेको छ।

यसअघि साधरण सभामा संस्थाका निबर्तमान अध्यक्ष बुद्धिसागर घिमिरेले संस्थाको बार्षिक प्रतिबेदन पेश गर्दै भन्नू भयो “केही समयदेखि मतिपय सहकारीमा देखिन आएको जटिलताको अबस्थाले हामीलाई अझ बढी जिम्मेवार रचनाखो बनाएको छ।तशर्थ हामी ऋण लगानी र अशुलीमा सतर्कताका साथ लागेका छौँ।कार्यक्रममा प्रमुख अथितिको तर्फबाट गायत्री गुरुङले अहिलेको सरकारले सुशासनको लागि निक्कै मिहिन र जिम्मेवार तबरबाट अगाडि बढेको छयो कदमलाई सहकारीका माध्यमबाट साथ सहयोग दिन अनुरोध गर्दै नयाँ नेतृत्वलाई सफलताको कामना ब्यक्त गर्नु भयो।

arrow प्रतिक्रिया दिनुहोस्