ओली आफुलाई देवता भएको ठान्छन्: डा.गोविन्द केसी

ओली आफुलाई देवता भएको ठान्छन्: डा.गोविन्द केसी

  • आइतबार, माघ ४ २०७७

काठमाडौं। नागरिक अभियन्ता डा. गोविन्द केसीले जनतालाई रैती बनाउने काम संवैधानिक अंगले गर्न नहुने बताएका छन् ।

डा. गोविन्द केसीले सबै संवैधानिक अंगहरु नागरिकको सेवाका लागि हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध हिजो(शनिबार) माइतीघरमा बृहत् नागरिक आन्दलोलनका क्रममा सम्बोधन गर्दै डा. केसीले भने, ‘संवैधानिक अंगहरु जनताको सेवा गर्नका लागि बनाइएको हो । जनतालाई रैती बनाउनका लागि होइन, जनताका अधिकार खोस्नलाई होइन ।उनले संवैधानिक अंगहरु शक्ति पृथकीकरणको सिद्धान्तअनुसार चल्नुपर्ने पनि बताए । त्यस्तै केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, अपराध, दलाली, धाँधली गरेको र गर्नेहरुलाई पनि संरक्षण दिएको आरोप लगाएका छन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.