Skip to content
Pokharapress Logo
२८ असार २०८३, आईतवार

मोहम्मद डे’को अवसरमा बाँकेको नरैनापुर र खजुरा गाँउपालिकामा सार्वजनिक बिदा

loading views..
Nepal Telcome

बाँके। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे)को अवसरमा बाँकेको नरैनापुर गाँउपालिकाले भोलि बिहिबार सार्वजनिक बिदा दिएको पालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।
इस्लामिक महिना रविउलऔवलको १२ तारिकको बिहान हजरत पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का मदिनामा भएको थियो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य समाज सुधार र व्यावहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए ।
समाजमा रहेका रुढीवादी सोच, परंपरा, अन्धविश्वास र विकृतिहरूका विरुद्ध उनले संघर्ष गरेका थिए । नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाउने भएकाले नरैनापुर गाँउपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।
यस्तै खजुरा गाँउपालिकाले पनि मोहम्मद डे को अवसरका पालिका भित्र सार्वजानिक बिदा दिएको पालिका अध्यक्ष डम्मर विक तुफानले जानकारी दिए ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले बिहिबार मुस्लिम समुदायलाई मात्र बिदा दिएको भन्दै चौतर्फी रुपमा सरकारको आलोचना भईरहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link